जनकपुरधाम, १३ जेठ । तराई–मधेश लोकतान्त्रिक पार्टीले राष्ट्रपति कार्यालयको दराजमा बन्द नागरिकता विधेयकलाई प्रमाणिकरण गर्न सरकारले राष्ट्रपतिलाई आग्रह गरेकोमा सोको स्वागत गर्दै अब राष्ट्रपतिले यसलाई तत्काल प्रमणिकरण गर्नु पर्ने बताएको छ ।
प्रधानमन्त्री र मन्त्रीपरिषद नै राष्ट्रपतिको सल्लाहकार हो, तमलोपको भनाई हो ।
तमलोपाको केन्द्रीय सदस्य उमेशकुमार मण्डलले तमलोपा शुरुदेखि नै यसको निमित्त प्रदर्शन, ज्ञापन–पत्र र संचार माध्यमहरुबाट आवाज उठाउँदै आइरहेको बताएका छन् ।
तमलोपा, सद्भावना पार्टी, राष्ट्रीय सद्भावना पार्टी, इतिहासिक जनता पार्टी सम्मिलित लोकतान्त्रिक मधेशी मोर्चाले जनकपुरधाममा प्रदर्शन सहित जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएको थियो ।
तपाईको प्रतिक्रिया