कैलालीमा ब्राउनसुगर र चरेससहित ३ जना पक्राउ

समाचार

कैलाली, १३ जेठ । जिल्लाको धनगढी उपमहानगरपालिकाबाट अवैध लागूऔषध ब्राउनसुगर र चरेससहित तीन जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट ब्राउनसुगर १ ग्राम ५ सय मिलिग्राम र अवैध लागूऔषध चरेस १ ग्राम १ सय ५० मिलिग्रामसहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा अछाम मंगलसेन नगरपालिका–५ बस्ने २१ वर्षीय अरुण सेवा, १९ वर्षीय रविन्द्र केसी र २७ वर्षीय प्रकाश बिष्ट रहेका छन् ।

लागूऔषध नियन्त्रण व्यूरो महेन्द्रनगर र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ