पोखरीमा डुबेरमा दुई बालकको मृत्यु

समाचार

कपिलवस्तु, १३ जेठ । जिल्लाको मायादेबी गाउँपालिकामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

मायादेबी गाउँपालिका–६ बढसोढवा बस्ने धर्मेन्द्र कोहारको छोरा ५ वर्षीय अमित कोहार र सोही ठाउँ बस्ने सुरेन्द्र कोहारको छोरा ५ वर्षीय दिपेन्द्र कोहारको सोही ठाउँस्थित पोखरीमा डुबेर शुक्रबार साँझ मृत्यु भएको छ ।

शुक्रबार साँझ घरबाट निस्किएकोमा घर नफर्कीएपछि खोजी गर्ने क्रममा उक्त पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा उनीहरूको शव फेला परेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ