विराटनगरमा धर्ना, विरोधसभा र र्‍याली गर्न निषेध

समाचार

विराटनगर, १३ जेठ । जिल्ला प्रशासन कार्यालय मोरङले कोशी प्रदेशको राजधानी विराटनगरमा धर्ना, विरोधसभा र ¥याली गर्न निषेध गरेको छ ।

स्थानीय प्रशासनले अर्को आदेश नभएसम्मका लागि उक्त निषेध जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा कोशी प्रदेश नामकरणप्रति असहमत पक्षले विरोधस्वरुप गर्ने धर्ना, जुलुसले नगर क्षेत्रको शान्ति सुरक्षामा असर पर्न सक्ने भएकाले सुरक्षा समितिको निर्णय अनुसार उक्त निषेध जारी गरेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जारी गर्नुभएको सूचनामा पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोकसम्मको क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि–रोडशेष चोक र दक्षिण जतुवा चोकसम्मको क्षेत्र, मुख्यमन्त्री निवास वरिपरि तीन सय मिटरको क्षेत्र, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि तीन सय मिटरसम्मको क्षेत्र र जिल्ला प्रशासन कार्यालय मोरङ–डाँफे चोकदेखि पूर्वको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ