जेठ १७ गतेदेखि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण हुने

समाचार

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ १७ देखि २० गतेसम्म छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमण गर्ने भएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डसँग भ्रमणमा नेपाल सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुनेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

यसैगरी प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते भारतका प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ