कमल राज पौडेल देवकमल, बर्दिया, १४ जेठ । बर्दियाको गुलरिया नगरपालिका वडा नं. ४ अन्तर्गत रहेको दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाले केरा पकाउने च्याम्बर निर्माण कार्यको शिलान्यास गरेको छ ।
गुलरिया नगरपालिका वडा नं ५ सिंचाइ कार्यालयको छेउमा शिलान्यस गरी निर्माण कार्य विधिवत रुपले सुरु गरेको हो ।
उक्त च्याम्बर प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई कार्यालयको रु. १० लाख सहयोग, हेफर ईन्टरनेशनलको १२ लाख रुपैयाँ सहयोग र दिगोपन सहकारीको ५ लाख गरी जम्मा २७ लाख रुपैयाँमा आउने असार महिनाको पहिलो साता भित्र निर्माण पुरा हुने गरी विधिवत रुपले शिलान्यास गरिएको संस्थाको अध्यक्ष जीत कुमारी योगीले बताउनु भयो ।
उहाँले निमार्ण कार्य पुरा भए लगतै केरा पकाएर बिक्रि वितरण सुरु गरी गुलरियाबासीका साथै समग्र बर्दियाबासीलाई सस्तो मूल्यमा स्वस्थ्यकर केरा उपलब्ध गराउने लक्ष्य राखिएको कुरा शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै जानकारी गराउनु भयो ।
जिल्ला भित्र ३ सय ४ हेक्टर क्षेत्रफल जमिनमा केरा खेती हुने गर्छ । त्यसमा सबै भन्दा अधिक गुलरिया नगरपालिका भित्र २ सय ९० हेक्टर क्षेत्रफल जमिनमा केरा खेती हुने गर्छ भने बासगढी नगरपालिका, मधुवन नगरपालिका र राजापुर नगरपालिकामा १४ हेक्टर जमिनमा केरा खेती हुने गरेको छ ।
समग्र बर्दियामा केरा खेतीको उत्पादन वार्षिक १० हजार ९ सय मेट्रिक टन रहेको छ । त्यसमा १० हजार ४ सय ४० मेट्रिक टन गुलरिया नगरपालिका भित्र उत्पादन हुने गरेको छ ।
यसरी उत्पादन हुने गरेको केराको वार्षिक कारोबार १६ करोड रहेको छ । जिल्लामा दैनिक ३०.४० मेट्रिक टन केरा खपत हुने गर्छ । उत्पादनका हिसाबले बर्दिया जिल्ला केरामा आत्मनिर्भर जिल्ला रहेको केरा जोन समन्वय समीतिका अध्यक्ष्य टंकनाथ योगीले बताउनु भयो ।
जिल्ला भित्र प्रयाप्त मात्रामा केरा उत्पादन भएता पनि केरा पकाउने च्याम्बरको अभाबले गर्दा केरा खेती गर्ने कृषकले लगानी अनुसारको मुल्य नपाएको र बर्दियाबासी उपभोक्ताले अधिक मूल्यमा केरा खरिद गर्नु परेको समस्यालाई सम्बोधन गर्ने गरी हामीले दिगोपन सामाजिक महिला उद्यम सहकारी संस्था लि. लाई अनुदान सहयोग गरेर च्याम्बर निमार्ण कार्य अगाडी बढाएका छौ । यो च्याम्बर निमार्ण भएपछि यहाँ उत्पादन भएको केरा पकाउनको लागि बाँकेको नेपालगन्ज बाध्यता सदाका लागि अन्त्य हुने र किसानले उचित मूल्य पाउने र उपभोकताले सस्तोमा केरा खान पाउनेमा आफु विश्वस्त रहेको कुरा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाई कार्यालय गुलरिया बर्दियाका कार्यलय प्रमुख कृष्ण धितालले बताउनु भयो ।



तपाईको प्रतिक्रिया