बाल विकास रणनीति निर्माणका लागि परार्मश गोष्ठी

समाचार

शिवा शर्मा, बर्दिया, १४ जेठ । बारबर्दिया नगरपालिकाको समन्वयमा प्रदेशस्तरीय प्रारम्भिक बाल विकास रणनीति निर्माणका लागि परार्मश गोष्ठी सम्पन्न भएको छ ।

प्लान इन्टरनेश्नल नेपाल र थारु महिला उत्थान केन्द्र गुलरिया बर्दियाको साझेदारीमा सेतो गुँरास बालविकास सेवा रुपन्देहीको सहजीकरणमा लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजनामा परामर्श गोष्ठी आयोजना गरिएको हो ।

नेपालको संविधान धारा ३९ मा प्रारम्भिक बाल विकास सम्बन्धी नीतिगत व्यवस्था भएको छ । सोही अनुरुप प्रदेश सरकारहरुले बालविकासका राणनीतिहरु बनाउन पर्ने हुँदा प्रदेश भित्रका विभिन्न स्थानीय पालिकाहरुबाट सुझाव संकलन गर्ने गरेको छ ।

सोहीअनुरुप लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत बारबर्दिया नगरपालिका भित्रका सरोकारवाला व्यक्तिहरु यहाँको स्थानीय समुदाय बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरु लगायत पालिका अन्तर्गतका शिक्षा, स्वास्थ्य, महिला तथा बालबिकास, कृषि शाखा लगायत पालिकाका जनप्रतिनिधिहरु मार्फत प्रारम्भिक बालविकास रणनीति निर्माणका लागि थारु महिला उत्थान केन्द्रले साझेदारीका रुपमा काम गरेको थारु महिला उत्थान केन्द्रको कार्यकारी निर्देशक प्रिज्मा सिंह थारुले बताइन् ।

‘विकासका लागि हामीले भौतिक पूर्वाधारका साथै सामाजिक विकास गर्नु आवश्यकता छ । जसरी हामीले भौतिक पूर्वाधार बिकासलाई प्राथामिकताका साथ अगाडी बढाई रहेका छौ । आम जनमानसको चासोपनि भौतिक पूर्वाधार विकासमा मात्र हुन्छ तर त्यो भन्दा महत्वपूर्ण सामाजिक विकास हुन्छ ।’ उनले भनिन् ।

सामाजिक विकासमा गरिएको लगानी देखिदैन । नागरिकमा सरकारले केहि गरेन भन्ने अनुभूति हुन्छ । तर यो लगानी लामो समयको लागि हुन्छ र यसको प्रतिफल पछि देखिन्छ ।

‘दिगो विकासका लक्ष्य हासिल गर्नका लागि प्रारम्भिक बाल विकासका लागि हामीले एघार वटा लक्ष्यहरु पुरा गर्नुपर्ने हुन्छ ति लक्ष्यहरु पुरा गर्नका लागि हामीले आगामी बजेटमा यि कार्यक्रमहरुलाई समेटने छौ र बारबर्दिया नगरपालिकालाई बालमैत्रि नगरपालिका बनाउने छौं’, भन्दै प्रदेश स्तरिय प्रारम्भिक बाल बिकास राणनीति निमार्णका लागि परार्मश गोष्ठीको समापन गर्दै बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले प्रतिबद्धता व्यक्त गरिन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ