कैलाली, १४ जेठ । धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् ।
ब्राउनसुगर २ सय ७० मिलिग्रामसहित सोही उपमहानगरपालिका–२ बस्ने २६ वर्षीय सन्तोष शाहीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया