गैसस जिल्ला शाखा बर्दियाले ज्ञापनपत्र बुझायो

समाचार

शिवा शर्मा, बर्दिया, १४ जेठ । गैर सरकारी संस्था महासघ नेपाल जिल्ला शाखा बर्दियाले मुनाफारहित कार्य गर्ने संघ संस्थाहरुको कर, भ्याटका समस्या समाधान गरी पाउँ भन्दै ज्ञापनपत्र बुझाएको छ ।

गैरसरकारी महासंघ नेपाल जिल्ला शाखा बर्दियाको अध्यक्ष्य प्रिज्मा सिंह थारुको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी मार्फत अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

राज्यको विकासका मुख्य तिनवटा क्षेत्र सरकार, निजी क्षेत्र र नागरिक समाजको भूमिका महत्वपूर्ण हुन्छ । नेपालको संबिधान मौलिक हकको धारा १७ स्वतन्त्रताको हक उपधारा २ बमोजिम तथा संघ संस्था दर्ता ऐन २०३४ अनुरुप मुनाफा नकमाउने तथा नबाढने गरी नागरीक समाजको भूमिका निर्वाह गर्दै साझेदारी, पहरेदारी र खबरदारी गर्दै समाज रुपान्तरणको क्षेत्रमा सचेतना सशक्तिकरण सामाजिक न्याय, असमानता, गरिबी न्यूनिकरण, विपतका समयमा उद्धार, राहत, पूनर्निर्माणका सवाल र वातावरणीय क्षेत्रमा सामाजिक संघ संस्थाहरुको महत्वपूर्ण रहेको कुरा ज्ञापनपत्रमा भनिएको छ ।

नाफा नकमाउने र नबाँड्ने सामाजिक संस्थाहरुको आयकर २०५८ को दफा २ (ध) ले यस्ता संस्थाहरुलाई कर छुुट हुने संस्थाको रुपमा परिभाषित गरेको र २०५९को नियम २७ बमोजिम कर छुट प्रमाणपत्र समेत लिदै आएका छन् ।

साथै सामाजिक संघ संस्थाहरुले समाज कल्याण परिषदमा आवद्ध भै समाज कल्याण ऐन २०४९ को दफा १६ को सीमा र परिधि भित्र रहि अनुदान तथा सहायता प्राप्त गरी समाजकल्याण परिषदको स्वीकृतिमा कार्यक्रम संचालन गर्दै आइरहेका छन् ।

यी संस्थाहरुले व्यावसायिक संस्थाहरु जस्तो आयमूलक व्यवसाय र मूल्य अभिवृद्धि हुने कार्य गर्ने गरेका छैनन् ।

यसर्थ मुनाफारहित कार्य गर्ने सामाजिक संघ संस्थाहरुको अनुदानमा कर नलाग्ने विश्वव्यापी र नेपाल सरकारको मान्यताअनुसार सरकारको नीतिनियमभित्र रहि सरकारको सहयोगीको रुपमा असहाय तथा पछाडि परेका वर्ग समुदायको उत्थानका लागि कार्य गर्ने सामाजिक संघ संस्थाहरुले प्राप्त गरेको अनुदान रकममा लगाएको कर, भ्याटको समस्या हल गर्न २०७५ सालको आर्थिक ऐन जस्तै आ.बा २०८०÷०८१ को आर्थिक एृेनमा पनि मुनाफारहित सामाजिक संघ संस्थाहरुको आयकर, मु.अ.कर अन्य कर जरिवाना थप दस्तुर, शुल्क तथा ब्याज बुझाउन नपर्ने वा मिनाहा हुने साथै मुनाफारहित सामाजिक संघ संस्थाहरु भ्याटमा दर्ता हुनुपर्ने वयवस्था खारेज गरी समस्याको समाधान गरियोस भनि गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा बर्दियाको अध्यक्षको हैसियतले आफूले ज्ञापनपत्र बुझाएको प्रिज्मा सिंह थारुले बताइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ