खडक नगरपालिकाका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु

समाचार

सप्तरी, १५ जेठ । सप्तरी जिल्लाको खडक नगरपालिकाका भूमीहिन, दलित, सुकुम्बासीलाई लालपूर्जा वितरण गर्नको लागि नगरले आइतबारदेखि निस्सा प्रदान गर्न सुरु गरिएको छ ।

खडक नगरपालिकाको आयोजनामा राष्ट्रिय भूमि आयोग जिल्ला समिति सप्तरीले खडक नगरपालिकाको वडा न. ३, ५, ६, ७, ९, १० र ११ गरी ७ वटा वडाका २ सय ८२ जनालाई एक कार्यक्रमका विच निस्सा वितरण कार्य थालेको हो ।

खडक नगरपालिकाको नगर प्रमुख जय प्रकाश चौधरीको अध्यक्षता र राष्ट्रिय भूमी आयोग सप्तरीको जिल्ला हरेराम यादवको विशेष उपस्थितीमा सम्पन्न निस्सा वितरण समारोहमा, आयोगका जिल्ला सदस्य हरि महतो, नापी कार्यालय सप्तरीका प्रमुख शत्रुघन यादव, खडक नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नगरप्रमुख चौधरीले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्नका लागि निस्सा दिन थालिएको वताउनुभयो । उहाँले निस्सा प्राप्त गरे पछि दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु अब चाँडै लालपुर्जा पाउने जिकिर गरे । प्रमुख चौधरीले नगरपालिकाले छिटो गरेको खण्डमा लालपूर्जा वितरणको काम पनि चाँडो हुने बताए ।

‘यो जग्गा प्राप्ती होइन । जग्गा नाप्ने बेलामा यही निस्सा देखाउनुपर्छ,’ ठकुरीले भने, ‘निस्सा पाएपछि तपाईंहरुको एउटा चरण पूरा भयो । अब थप अनुगमन गरेर जग्गा वितरणका लागि प्रक्रिया अघि बढ्छ ।’

विभिन्न कागजपत्र र तीनपुस्ते विवरण भर्न छुट भई निस्सा नपाएका लाभग्राहीहरुलाई पनि प्रक्रिया पूरा गरेर निस्सा वितरण गरिने उनको भनाइ छ ।

निस्सा पाएका लाभग्राहीहरुको अब थप अनुगमन गरेर जग्गा वितरणका लागि नाँपजाँच गर्ने कार्य अगाडि बढेपछि छिट्टै लालपूर्जा वितरण हुने प्रमुख चौधरीले बताए ।

उनले लालपुर्जा प्राप्तीका लागि आवश्यक कार्य गर्न सहजीकरणको साथै नगरका सम्पूर्ण शक्ति लगाउने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ