जनकपुरधाम, १५ जेठ । रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा सोमबारदेखि सुरु भएको राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगितामा मधेश प्रदेशको विजयी सुरुवात भएको छ ।
महेन्द्रनारायण निधि टी–२० क्रिकेट प्रतियोगितामा सात वटै प्रदेशका टिम सहभागी छन् ।
नेपाल क्रिकेट संघ मधेस प्रदेशको आयोजनामा सुरु भएको प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका खेलाडीहरूको पनि सहभागिता छ ।
प्रतियोगिता जेठ २६ गतेसम्म चल्ने जानकारी आयोजकले गराएको छ ।
आयोजकका अनुसार विजेता टिमलाई ३ लाख र उपविजेतालाई २ लाख नगद, शिल्ड, पदक तथा प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगिताका लागि मधेश प्रदेशको शिक्षा तथा समाज कल्याण मन्त्रालयले ४० लाख रकम विनियोजन गरेको थियो ।
प्रतियोगिताको उद्घाटन नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले गरेका थिए ।
तपाईको प्रतिक्रिया