विभिन्न अवैध लागूऔषधसहित दुई जना पक्राउ

समाचार

पर्सा, १६ जेठ । छिपहरमाई गाउँपालिका–५ ब्रहम चोकबाट नियन्त्रित लागूऔषध नोर्फिन ५ सय एम्पुल, डाइजेपाम ५ सय एम्पुल र फेनारगन ५ सय एम्पुलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार दिउँसो पक्राउ पर्नेहरूमा दोलखा भिमेश्वर नगरपालिका–८ बस्ने ४२ वर्षीय दुर्गाराज खत्री र पर्सा धोबिनी गाउँपालिका–४ लंगडी बस्ने ४५ वर्षीय नुरेश मियाँ तेली रहेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी भिस्वाबाट खटिएको प्रहरीले बगमती प्रदेश–०३–००१ ख १८१० नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी बसका चालक दुर्गाराज र सहचालक नुरेश मियाँलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ