कपिलवस्तु, १६ जेठ । कपिलवस्तु नगरपालिका–१० पचेहरा चोकस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
लु.३९ प १५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने १९ वर्षीय कमलेश रैदासको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया