रौतहट, १६ जेठ । देवाही गोनाही नगरपालिका–९ धरहरी टोल बस्ने भागवत साहको घरमा सोमबार राति आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
लत्ताकपडा, अन्नपात, भाँडाबर्तन, फर्निचरका सामाग्रीहरु, सुन चादीको गरगहनाहरु लगायतका सामान जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
साथै उक्त आगो फैलिएर सोही ठाउँ बस्ने नन्हक साहको घर समेतमा आगलागी हुँदा करिब ९ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया