बैंकमा लुटपाट

समाचार

महोत्तरी, १६ जेठ । महोत्तरी गाउँपालिकास्थित एन.एम.बि बैङ्कमा हतियारधारी समूहले रकम लुटपाट गरेको छ ।

मंगलबार दिउँसो ४ जनाको समूहमा आएका हतियारधारी समूहले महोत्तरी गाउँपालिकास्थित एन.एम.बि बैङ्कको शाखाबाट रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ । हतियार सहित नकाबधारी समूह बैङ्क भित्र पसेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार दुई वटा मोटरसाइकलकामा आएका हतियारधारी समूहले बैङ्कमा लुटपाट गरेका थिए ।

रकम लिएर फरार भएकाहरूको बैङ्कको सिसिटिभी फुटेजका आधारमा खोजतलास भइरहेको प्रहरीले जनाएको छ । प्रहरी चेकिङ बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो । उनीहरूले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ