काठमाडौं, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबारदेखि हुने भारत भ्रमणका बारेमा स्पष्ट गर्दै नेपाल राष्ट्रको हितमा दुई देशबीच केही नयाँ होस् भन्ने आफूले चाहेको बताएका छन् ।
उनले भने, भोलिसम्म नेपाली जनताले सम्झने केही काम सम्पन्न होउन् भन्ने मैले चाहेको छु । उनले विद्युत, सीमा, पारवहन लगायतका विषयमा राम्रो गर्ने आफ्नो चाहना भएको बताए ।
‘देशभित्र मात्र होइन देश बाहिर पनि आफूले राम्रो मात्र गर्ने राम्रो गर्न नसके नराम्रो चै गर्दै नगर्ने संकल्प गरेको छु । केही राम्रो गर्नका लागि बिहानदेखि बेलुकासम्म म युद्धको बेलामा भन्दा व्यस्त छु ।’ उनले भने ।
तपाईको प्रतिक्रिया