बाँके, १७ जेठ । राप्तिसोनारी गाउँपालिका–८ मुगुवा खोलास्थित सडकमा बस र कार ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
मे.१ ख ३३३५ नम्बरको बस र बा.१३ च ८२५३ नम्बरको कार एक–आपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा कारमा सवार २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा कार चालक गोरखा पालुङटार नगरपालिका–३ बस्ने ३५ वर्षीय सुभाष अधिकारी र कारमा सवार सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ बस्ने ५३ वर्षीया डा.सन्जु खाती खड्का रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका बसमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया