जनकपुरधाम, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागारिकता विधेयकलाई तराई–मधेश लोकतान्त्रिक पार्टीले स्वागत गरेको छ ।
तमलोपा अध्यक्ष वृषेशचन्द्र लालले एक वक्तव्य जारी गर्दै राष्ट्रपति पौडेलको उक्त कार्यलाई स्वागत र सराहना गरेका हुन् ।
अध्यक्ष लालले भनेका छन्, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नागारिकता विधेयक, २०७९ को प्रमाणीकरण गर्नुभएको छ । पूर्वराष्ट्रपतिद्वारा संविधानको भएको घोर उल्लंघनबाट उत्पन्न परिस्थितिलाई पुनः मार्गाारोहणको यस कार्यलाई तमलोपा स्वागत र सराहना गर्दछ ।’
तमलोपाको संघर्ष
विगत लामो समयदेखि राष्ट्रपति कार्यालयको टेवलमा रहेको नागरिकता विधेयकलाई प्रमाणिकरण गर्न तमलोपाले संघर्ष गर्दै आएको थियो ।
तमलोपाका केन्द्रीय सदस्य उमेशकुमार मण्डलले तमलोपा सुरुदेखि नै यसका लागि प्रदर्शन, ज्ञापन–पत्र र सञ्चार माध्यमहरुबाट आवाज उठाउँदै आइरहेको बताए ।
तमलोपा, सद्भावना पार्टी, राष्ट्रीय सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी सम्मिलित लोकतान्त्रिक मधेशी मोर्चाले जनकपुरधाममा प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्रसमेत बुझाएको थियो ।
तपाईको प्रतिक्रिया