काठमाडौं, १७ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नागरिकता विधेयक प्रमाणीकरण अत्यन्तै सकारात्मक रहेको बताएका छन् ।
लोसपा अध्यक्ष ठाकुरले बुधबार एक विज्ञप्ति जारी गरी नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक रहेको बताएका हुन् ।
‘प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दुई÷दुई पटक पारित भएर पनि विगत लामो समयदेखि रोकिएर रहेको नागरिकता विधेयक अन्ततः आज महामहिम राष्ट्रपतिज्यूद्वारा संविधानको धारा ६१ को उपधारा ((२), (३), (४) तथा संविधानको धारा ६६ बमोजिम सर्वोच्चले प्रतिपादन गरेको सिद्धान्त बमोजिम प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक हो ।’ अध्यक्ष ठाकुरले विज्ञप्तिमा भनेका छन् ।
यसले खासगरी राज्यविहीनताको स्थितिमा रहेका नेपाली नागािरकहरुको पीडामा मलहम लगाउने काम गर्ने र समग्रतामा समेत नागरिकता सम्बन्धित धेरै हदसम्म समस्याको समाधान गर्ने उनले बताएका छन् ।
उनले भनेका छन्, ‘यस प्रक्रियामा न्यायसंगत रुपमा साथ सहयोग दिने सबैलाई हार्दिक धन्यवाद ।’
तपाईको प्रतिक्रिया