प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुने

समाचार

नयाँदिल्ली, १८ जेठ । छिमेकी मित्रराष्ट्र भारत भ्रमण पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् ।

मोदीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चारदिने भ्रमणमा आएका हुन् ।

भारतीय पक्षसँगको महत्वपूर्ण भेटवार्ता बिहीबारदेखि हुने भएको छ। प्रधानमन्त्री दाहाल बिहान १०ः३० बजे राजघाटमा आयोजित कार्यक्रममा सहभागी हुनेछन्। त्यसलगत्तै भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्ने तालिका छ।

हैदरावाद हाउसमा बिहान ११ बजे दाहाल र मोदीबीच द्विपक्षीय हितका विषयमा छलफल हुने तय भएको छ। त्यसलगत्तै मध्याह्न १२ बजे दुई देशबीच विभिन्न विषयमा सम्झौता हुने कार्यक्रम छ। प्रधानमन्त्री दाहालले अपराह्न ४ बजे भारतीय उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने भएका छन्।

उनी शुक्रबार ४ः३५ बजे राष्ट्रपति भवन पुग्नेछन्। त्यहाँ उनले राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यसपछि उनी ८ः३० बजे मध्यप्रदेशको इन्दोर प्रस्थान गर्नेछन्। शनिबार त्यहाँको काममा सहभागी भई दिल्ली हुँदै ४ः२० मा स्वदेश फर्किने कार्यक्रम रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ