भ्रमणले दुई देशको सम्बन्ध थप नयाँ उचाइमा पुग्नेछ : प्रम प्रचण्ड

समाचार

नयाँदिल्ली, १८ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो भ्रमणले दुई देशको सम्बन्ध थप नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ’दुई देशबीच रहिआएको सुमधुर सम्बन्ध सुदृढ गर्न र यसलाई जनस्तरसम्म पु¥याउने लक्ष्य लिएर आएको छु । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुनेछ र केही महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुनेछ । यो भ्रमणले दुई देशको सम्बन्ध थप नयाँ उचाइमा पु¥याउने विश्वास छ । पारस्परिक समानताका आधारमा असल र मैत्रीपूर्ण सम्बन्ध सरकारको प्राथमिकतामा छ ।’

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्तापछि दीर्घकालीन रूपमा नेपालबाट भारतमा विद्युत् व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर हुँदै छ ।

सम्झौताले नेपालमा उत्पादित बिजुली भारतीय ऊर्जाको खुलाबजार मूल्यअनुसार दीर्घकालका लागि भारतमा बिक्री गर्ने ढोका खोल्नेछ । यसअनुसार नेपालमा उत्पादित बिजुली भारतमा बेच्न अब पटकपटक सम्झौता गर्नुपर्ने छैन ।

१० वर्षमा १० हजार मेगावाट बिजुली भारतीय खुला बजारमा बेच्ने उद्देश्यसहित सम्झौता हुन लागेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ