प्रचण्ड र मोदीबीच भेटवार्ता सुरु

समाचार

काठमाडौं, १८ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता सुरु भएको छ। दुई नेताबीच द्विपक्षीय भेटवार्ता भइरहेको हो।

दुई नेताबीचको भेटलगत्तै पुनः प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता हुनेछ। प्रधानमन्त्री प्रचण्डले नेपाली प्रतिनिधिमण्डलसहित हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा दुई देशका आपसी हित, चासोका विविध विषयमा छलफल हुने र सहमतिमा पुग्ने कार्यसूची राखिएको छ। ऊर्जा व्यापार, वाणिज्य, हवाईमार्गलगायत विषयमा महत्त्वपूर्ण छलफल हुने र आवश्यक सहमति गर्ने तयारी छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ