इन्दोरमा मध्य प्रदेशका मुख्यमन्त्रीद्वारा प्रधानमन्त्री प्रचण्डको स्वागत

समाचार

इन्दोर, १९ जेठ । इन्दोर पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरेका छन् ।

इन्दोरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उनलाई चौहानललगायत सरकारी अधिकारीले स्वागत गरेका हुन् ।

सो अवसरमा विमानस्थल बाहिर प्रधानमन्त्री दाहाललाई स्थानीय सांस्कृति झाँकीले स्वागत गरिएको थियो।

सडकमा उभिएका सयौँ नागरिकले नेपाल र भारतको झण्डा फहराएर सम्मान प्रकट गरेका थिए । विमानस्थल बाहिरका सडकमा ‘तपाईंलाई स्वागत छ’ लेखिएका ब्यानर राखिएका थिए ।

उज्जैनमा रहेको महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्नका लागि प्रधानमन्त्री प्रचण्डले इन्दोर पुगेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ