प्रधानमन्त्री प्रचण्डद्वारा महाकाल बाबा मन्दिरमा विशेष पूजा

समाचार

काठमाडौं, १९ जेठ । भारत भ्रमणमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उज्जैनस्थित महाकाल बाबाको मन्दिरमा विशेष पूजा गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री प्रचण्डले महाकाल बाबाको गर्भ गृहमा पत्नीको स्वास्थ्यलाभको कामनासहित विशेष पूजा गरेको जनाइएको छ ।

महाकाल मन्दिरमा प्रधानमन्त्री प्रचण्डले नेपालबाट लगेको रुद्राक्ष र ५१ हजार रुपैयाँ चढाएको उनको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ