नेपालका लागि नेपाली पार्टीको प्रथम महाअधिबेशन लहानमा हुने

समाचार

काठमाडौं, १९ जेठ । नेपालका लागि नेपाली पार्टीको प्रथम महाअधिबेशन असार १, २ र ३ गते सिरहाको लहानमा हुने भएको छ ।

काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरी पार्टीको कार्यक्रमबारे प्रमुख सचिव दिपक महाराज आत्रेयले जानकारी दिएका हुन् ।

सम्मलेनमा नेपालका लागि नेपाली पार्टीका कार्यवाहक अध्यक्ष सुशील चन्द्र अधिकारी, उपाध्यक्ष राममणि दास, महामन्त्री सागर खड्का, प्रमुख सचिव दिपक महाराज आत्रेय, केन्द्रीय सदस्यहरु राजदेवी जैसवाल, महेश्वर बाबा, तारा बराल, केन्द्रीय सल्लहकार चुड़ामणी धमला, आध्यात्मिक युवा शक्तिका केन्द्रीय अध्यक्ष बिष्णु भक्ति दास, पार्टीका भक्तपुर जिल्ला अध्यक्ष इन्जिनियर राम वाडेसहित पार्टीका प्रमुख संरक्षक धर्मसभा संयोजक धर्मपाल गुरु वशिष्ठ सहभागी रहेका थिए ।

महाअधिबेशनमा देशभरिबाट तीन सय प्रतिनिधि सहभागी हुने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

असार १ गते उद्घाटन सत्र, २ गते बन्द सत्र, ३ गते नयाँ कार्यसमितिको पहिलो बैठक गर्ने र पत्रकार सम्मलेन गरी भावी कार्यक्रमबारे घोषणापत्र जारी गर्ने योजना रहेको जनाइएको छ ।

ओमकार परिवारमा एकता, सनातन हिन्दू अधिराज्य, भ्रस्टाचारको अन्त्य, पृथ्वी पथ, नेपालीपन प्रमुख एजेंडा रहने बताइएको छ । नयाँ केन्द्रीय कार्यसमितिको अवधि चार वर्षको हुनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ