जनकपुरधाम, १९ जेठ । मधेश प्रदेश सभाको बैठकमा विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकता सम्बन्धी कार्यक्रम प्रस्तुत गरिएको छ ।
मधेश प्रदेश सरकारका अर्थमन्त्री संजय कुमार यादवले सो कार्यक्रम प्रस्तुत गरेका हुन् । विधेयकमा सक्षम, सबल र सुदृढ मधेश प्रदेशको नीति लिएर आगामी आर्थिक वर्ष २०८०–८१ वर्षको बजेट ल्याउने अर्थमन्त्री यादवले जानकारी दिएका छन् ।
अर्थमन्त्री यादवले मधेशको समृद्धि र विकासका लागि कृषि, पूर्वाधारको निर्माण, सुशासन तथा आर्थिक अनुशासनमा जोड दिने जानकारी दिए ।
उनले मधेश प्रदेशमा विगतका वर्षहरुमा विकास बजेट निकै न्यून खर्च भएको जानकारी दिँदै आगामी वर्षमा विकासलाई तीव्रता दिने नीति लिइएको बताए ।
बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले पेश गर्नुभएको मधेश प्रदेशका केही ऐन संशोधन गर्नका लागि बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
तपाईको प्रतिक्रिया