“विपद् पूर्व तयारी तथा राहत वितरण सम्बन्धी अभ्यास” सम्पन्न

समाचार

जनकपुरधाम, २० जेठ । विपद् जोखिम न्यूनीकरणको तयारी स्वरूप विपद्बाट जोगिनका लागि “विपद् पूर्व तयारी तथा राहत वितरण सम्बन्धी अभ्यास” जनकपुरधामको गंगासागरमा सम्पन्न भएको छ ।

बाढीका दृष्टिकोणले निक्कै जोखिममा पर्ने जिल्लाको रुपमा रहेको धनुषा जिल्लामा कमला, जमुनी, वडहरी, औरही जस्ता नदीहरूमा वर्षेनी रुपमा बाढी आएर धनजनको क्षति हुने भएकाले यसबाट हुने धनजनको क्षतिलाई न्यून गर्नका लागि पूर्व अभ्यास गरिएको हो ।

जनकपुरधामका गंगासागरलाई विभिन्न खोला तथा नदी क्षेत्र मानेर नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले नेपाल रेडक्रसको सहभागितामा पूर्व तयारी स्वरूप अभ्यास गरेको छ ।

पूर्व अभ्यासमा तीनै सुरक्षा अङ्गले रब्बर बोट, डोरी, लाईफ ज्याकेट सहितका सामाग्रीहरूको प्रयोग गरिएको थियो ।

धनुषाको महेन्द्रनगरमा रहेको नेपाली सेनाका गणका प्रमुख सेननी सुरेश देवकोटाले यस पटक विपद्जन्य अवस्थाको सामना गर्नका लागि नदी तथा खोलाको स्थलगत अनुगमन गरेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ