रुपन्देही, २१ जेठ । बुटवल उपमहानगरपालिका–१२ तामनगरमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
लु.१ ख ९०६३ नम्बरको बस र लु.३९ प ९१५७ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा मोटरसाइकल चालक गुल्मी मालिका गाउँपालिका–४ अर्खवाङ बस्ने १७ वर्षीय सुजन अर्याल र मोटरसाइकलमा सवार सोही गाउँपालिका–८ किशन टहरी बस्ने २६ वर्षीय प्रकाश पन्थी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया