नेपालगन्ज, २१ जेठ । अत्यधिक गर्मी बढेपछि कोहलपुरका सामुदायिक र संस्थागत विद्यालयहरू तीन दिनका लागि बन्द गरिने भएको छ ।
सोमबार २२ गते देखि २४ गते सम्मका लागि विद्यालय बन्द गर्न लागिएको हो ।
अत्यधिक गर्मीका कारण बालबालिकाहरू प्रभावित हुने गरेका छन् ।
विद्यालयमा अध्ययन गरिरहेका बालबालिकाहरूमा वान्ता हुने, टाउको दुख्ने, ज्वरो आउने ,जस्ता समस्या देखिन थालेका कारणले बालबालिकाहरूको स्वास्थ्यलाई मध्यनजर गदै विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया