वीरगन्ज, २१ जेठ । बहुदरमाई नगरपालिका वडा नम्बर १ विश्रामपुरमा आइतबार बिहान आगलागी हुँदा चार वटा फुसको गोठ घर जलेर नष्ट भएको छ ।
छोटेलाल यादवले लामखुट्टे धपाउन बालिएको घुरबाट अचानक आगलागी हुँदा छोटेलाल यादव, भुलन यादव, सन्त यादव, महन्थ यादवको फुसको गोठ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
वीरगन्ज महानगरपालिका, पोखरिया नगरपालिका र सखुवाप्रसौनी गाउँपालिकाबाट गएको तीन वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया