प्रधानमन्त्रीको भारत भ्रमण अत्यन्त उपलब्धिमूलक : लोसपा

समाचार

काठमाडौं, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चारदिने भारत भ्रमण अत्यन्त उपलब्धिमूलक भएको लोकतान्त्रिक समाजवादी पार्टीले बताएको छ ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले सोमबार एक विज्ञप्ति जारी गरी सो कुरा बताएका छन् ।

भ्रमणको क्रममा भएको जलस्रोत, विद्युत व्यापार र परिवहनसँग सम्बन्धित सम्झौताहरु नेपालको समग्र आर्थिक विकास र लगानी अभिवृद्धिको क्षेत्रमा कोसेढुंगा साबित हुने अध्यक्ष ठाकुरको तर्क छ ।

‘भ्रमणले दुवै देशको आपसी विश्वासमा अभिवृद्धि हुनुको साथै सांस्कृतिक, सामाजिक र सदियौंदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुती एवं प्रगाढता प्रदान गर्ने हाम्रो विश्वास छ’, अध्यक्ष ठाकुरले विज्ञप्तिमा भनेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ