काठमाडौं, २३ जेठ । संस्थापक मधेशवादी नेता एवं हिन्दी भाषा अभियानी रमन पाण्डेयले नागािरकताविहीनहरुका लागि आफ्नो संघर्ष जारी रहने बताएका छन् ।
नागरिकता, संघीयता, समानुपातिक समावेशिता लगायतका मुद्दालाई मूल आधार बनाउँदे राजनीति गर्दै आएका नेपालका एक मात्र हिन्दी भाषा मात्र बोल्ने नेता पाण्डेयले यस्तो कुरा बताएका हुन् ।
लोसपा नेपालका नेतासमेत रहेका पाण्डेयले वर्षौंदेखि नागरिकताविहीन रहेकाहरुलाई अनागरिक बनाउने राज्यलाई पनि सजाय दिनुपर्ने उनले तर्क गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै धन्यवादसमेत दिएका छन् ।
उनले नागरिकताविहीन नेपालीहरुले नागरिकता नपाउन्जेल आफूहरुले संघर्ष गरिरहने बताएका हुन् ।
तपाईको प्रतिक्रिया