रौतहट, २३ जेठ । चन्द्रपुर नगरपालिका–१ पौराहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मधेश प्रदेश ३–०२६ प ९८८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २९ वर्षीय शिशिर माझीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल चपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया