कैलाली, २३ जेठ । गौरीगंगा नगरपालिका–१ गोप्का बस्ने २८ वर्षीया कविता बुढा सोही ठाउँस्थित केदारेश्वर सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
बिहीबार राति कविता बुढा, उनकै छोरा ८ वर्षीय डण्डी राज बुढा र ससुरा ५२ वर्षीय डिल्ली भन्ने दिलिप सिह बुढा हराएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा केदारेश्वर सामुदायिक वनभित्र खाल्डोमा पुरिएको अवस्थामा कबिता बुढाको शव फेला पारेको हो ।
दिलिप सिह बुढा र बालक डन्डी राज बुढाको प्रहरीले खोजी गरिरहेको छ ।
तपाईको प्रतिक्रिया