बाँके, २४ जेठ । कृषि उत्पादन बढाउनका लागि जिल्लाको राप्ती सोनारी गाउँपालिकाले ५० लाख रुपैयाँको कृषि उपकरण कृषकहरूलाई वितरण गरेको छ ।
गाउँपालिकाले ५० प्रतिशत अनुदानमा वडा नम्बर ३ मा ६० वटा उपकरण वितरण गरेको हो ।
पालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले राप्ती सोनारी गाउँपालिकाले कृषिलाई प्राथमिकता राखेको हुनाले कृषकको मागअनुसारका कृषि उपकरणहरू अनुदानमा वितरण गरिएको बताएका छन् ।
वडा नम्बर ३ मा २० हर्स पावरको १० वटा पावर टिलर, ३ हर्स पावरको ३० वटा मोटर र १६ लिटर क्षमता भएको २० वटा स्प्रे ट्याङ्की वितरण गरिएको हो ।
तपाईको प्रतिक्रिया