कैलाली, २४ जेठ । जिल्लाको गौरीगंगामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।
गौरीगङ्गा नगरपालिका ९ बन खेतका गणेशबहादुर बोहराकी श्रीमती ३८ वर्षीया रंगादेवी बोहराको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।
शिवशङ्कर सामुदायिक वनभित्र माटो खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्को आई पुरिँदा घाइते भएकी बोहराको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया