अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न चिनियाँसहित दुई जना पक्राउ

समाचार

काठमाडौं, २४ जेठ । अवैध अन्तर्राष्ट्रिय कल/एसएमएस बाइपासमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथली खरिबोट बस्ने चिनियाँ नागरिक ३२ वर्षीय ZHAO JIANGPENG र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी घर भई काठमाडौं महानरगपालिका–१६ सोह्रखुट्टे बस्ने २२ वर्षीय गणेश श्रेष्ठ रहेका छन् ।

ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथली खरिबोटस्थित गैह्र–कानुनी रुपमा शंकास्पद गतिविधी भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले खरिबोटस्थित घर भाडामा लिई नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई अवैध रुपमा International Incoming Call/SMS Bypass (VOIP) संचालन गरी रहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

साथै उनीहरुको साथबाट ठूलो परिणाममा सिम कार्ड तथा अन्य अवैध उपकरणहरु, नेपाली रुपैयाँ र विभिन्न देशका मुद्राहरु सहित बरामद गरेको छ ।

उनीहरू उपर दूरसंचार ऐन, २०५३ अन्तर्गत ललितपुर जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ