ट्याक्टरबाट खसेर बालकको मृत्यु

समाचार

रूपन्देही, २४ जेठ । तिलोत्तमा नगरपालिका–१० कान्छी बजारस्थित सडकमा ट्याक्टरबाट खसेर एक बालकको मृत्यु भएको छ ।

लु.२ त १३८४ नम्बरको ट्याक्टरबाट खसेर सोही नगरपालिका–१० बस्ने प्रकाश परियारको छोरा ११ वर्षीय बादल परियारको बुधबार बिहान मृत्यु भएको हो ।

ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ