आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

समाचार

मोरङ, २६ जेठ । कानेपोखरी गाउँपालिका–३ जयनेपाल चोक बस्ने गणेश चौधरीको ग्वालीमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

आगलागीबाट अन्नपात भाँडावर्तन, ग्वाली समेत गरी करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ