स्थापना दिवसमा वालगृहका वालवालिकालाई सहयोग

समाचार

कपिलवस्तु, २६ जेठ । नेपाल पशु स्वास्थ्य प्राविधिक संघको ८औ स्थापना दिवसको अवसरमा तौलिहवास्थित बाल गृहका बालबालिकालाई सहयोग गरेर संघको स्थापना दिवस मनाएको छ ।

सो अवसरमा वाल गृहका अथाथ वालवालिकालाई सहयोग स्वरुप रु,१०,०००। नगद र फलफुल वितरण गरिएको छ ।

संघका जिल्ला अध्यक्ष गोपाल सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ,संघका केन्द्रिय सदस्य भोजराज पाण्डेय, प्रदेश उपाध्यक्ष युवराज घिमिरे, नेम्भलाका जिल्ला अध्यक्ष एवं मायादेवी गाउंपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेश्वर यादव, बालगृहका सचिव श्याम प्रकाश प्रजापति लगायतले स्थापना दिवसको शुभकामना दिएका थिए ।

पशुपालन र पशु धनको सरंक्षण र प्रर्वधनको लागि संघले काम गर्दे आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ