ब्राउनसुगरसहित एक जना पक्राउ

समाचार

मोरङ, २६ जेठ । विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।

ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ९८ मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका–५ बस्ने ३५ वर्षीय दिनेश भुजेललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३३प ३१३२ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ