देश जोगाउन सांसद विकास कोष खारेज गरौं : डा. अहिराज

समाचार

कमल राज पौडेल देवकमल, बर्दिया, २६ जेठ । मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा. राजेश अहिराजले देश जोगाउन सांसद विकास कोष खारेज गर्नु पर्ने धारणा राखेका छन् ।

उनले सामाजिक संजाल फेसबुकमार्फत यो धारणा राखेका हुन् ।

डा. अहिराजले भनेका छन्, ‘यसरी सांसद विकास कोषको नाममा जनप्रतिनिधिहरुलाई बजेट दिएर ठेकेदार बनाउने काम नगरौं यो देश हितमा छैन ।’

‘राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेश सभाका सदस्यहरुलाई बजेट र तलब दिने काम बन्द गरौं । बैठक भएको दिनको भत्ता दिउ त्यो भत्ताले बैठक भएको दिन राष्ट्रिय सभा प्रतिनिधि सभा र प्रदेश सभा हल सम्म पुग्ने यातायात खर्च र बैठक अवधिसम्म राजधानीमा खान र बस्न पुगोस् ।’ उनले भने ।

यो नियम लागू गर्न सके सांसदहरु राजधानी छोडेर आ आफ्नो निर्वाचन क्षेत्रमा अधिक समय बस्ने र त्यहाँका नागरिकहरुको के कस्तो समस्या छन् त्यसलाई राम्रो संग बुझेर देश र जनताको हितमा निति तथा कार्यक्रम बनाउन सक्ने धारणा राखेका छन् ।

साथै उनले स्थानीय तह दलविहीन बनाउनु पर्ने, तीन प्रदेश बनाउनु पर्ने, १०१ सदस्यीय प्रतिनिधि सभा बनाउने र समानुपातिक सदस्य खारेज गर्नु पर्ने, राष्ट्रिय सभा गैरदलीय २१ सदस्यीय विषयगत विज्ञहरुको बनाउनु पर्ने, उपराष्ट्रपतिलाई राष्ट्रिय सभा अध्यक्षको भूमिका दिनु पर्ने, राष्ट्रपति, उपराष्ट्रपति र प्रदेश प्रमुख गैर दलीय हुनुपर्ने लगायतका विषयहरु उनले सामाजिक संजाल फेसबुकमार्फत उठान गर्दै आफुले लेखेका यी बुँदाहरुमा राज्य संचालनमा रहेका राजनीतिक दलहरू एक साथ आउन सके देश जोगाउन सकिने अन्यथा महाकालेश्वरमा जति रुद्राभिषेक गरे पनि देश जोगाउन नसकिने धारणा राखेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ