कमल राज पौडेल देवकमल, बर्दिया, २७ जेठ । स्वास्थ्य कार्यालय बर्दियाले जिल्लामा दादुरा रुबेला खोप लगाउन अभियान संचालन गर्ने भएको छ ।
गुलरिया, बारबर्दिया, बाँसगढी, मधुवन र ठाकुरबाबा नगरपालिकामा ६ महिनादेखि १५ वर्ष मुनिको सबै बालबालिकाहरुलाई यही जेठ २९ गतेदेखि अषाढ १ गतेसम्म दादुरु रुबेलाको महामारीबाट बच्न बचाउन तथा रोकथामका लागि दादुरा रुबेला खोप अभियान संचालन हुने भएको हो ।
६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई नजिकको खोप केन्द्र रहने विद्यालयमा लगि दादुरा रुबेला थप एक मात्र खोप लगाउन, खोप संचालन हुने स्थान र मितिबारे थाहा पाउन नजिको महिला स्वास्थ स्वयंसेवीका, विद्यालय वा स्वास्थ्य संस्थामा सम्पर्क राख्न स्वस्थ्य कार्यलय बर्दियाले विभिन्न स्थानीय संचार माध्यमबाट सूचना प्रकाशित गरि खोप संचालन अभियानका सुरु गरेको स्वस्थ्य कार्यालय बर्दियाका सूचना अधिकारी कृष्ण गोपाल चौधरीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया