जनकपुरधाममा साहित्य महोत्सव ‘विमर्श’

समाचार

जनकपुरधाम, २७ जेठ । जनकपुरधाममा त्रि–दिवसीय साहित्य महोत्सव ‘विमर्श’ सुरु भएको छ । मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले सो साहित्य महोत्सवको उद्घाटन गरेका छन् ।

प्रदेश प्रमुख मिश्रले मैथिली भाषा, साहित्य एवं संस्कृति निक्कै समृद्ध भएकोले यसलाई जनजनको भाषाको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले कतिपय मिथिलाको धरोहरहरू लोप हुन थालेको बताउँदै तिनको संरक्षण एवं उजागर गर्न साहित्य महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

विमर्श फाउण्डेशनको आयोजना र नेपोभिट टाइल्सको प्रायोजनमा सुरु भएको महोत्सवमा मैथिली भाषा, संस्कृति, समाज, पर्यावरण र साहित्यमाथि नेपाल र भारतका विशिष्ट व्यक्तिहरूले परिचर्चा गर्ने काम भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ