हत्या आरोपमा तीन जना पक्राउ

समाचार

धनगढी, २८ जेठ । कैलालीको गौरीगंगा नगरपालिका १ गोप्कामा बुहारीको हत्या आरोपमा सासू ससुरा सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२७ बर्षिया कविता बुढा (बुहारी) को हत्याको घटनामा संलग्नरहेको भन्दै डिल्लीसिंह बुढा (ससुरा), लहरी बुढा (सासू) र जयवीर बुढालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लहरीलाई घरबाटै र डिल्लीलाई भजनीको सिमावर्ती क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा जेठ २७ गते पक्राउ गरिएको बताइएको छ ।

डिल्लीसिंह र लहरीको घटना प्रत्यक्ष संलग्न रहेको र जयीवरले घटना पछि फरार भएका डिल्लीलाई लुकाईछुपाई राख्न सहयोग गरेको प्रारम्भिक अनुसन्धान खुलेको प्रहरीको भनाई छ ।

जेठ १८ गते राती चिर्पटले हिर्काएर हत्या गरेकी कविताको गाउँ नजिकै सामुदायिक वनमा खाल्डोमा पुरिएको अवस्थामा जेठ २३ शव भेटिएको थियो ।

हत्यापछि सासू सुसुरा मिलेर कविताको शवलाई डोको बोकेर जंगलमा गाडिएको र रगत लागेका कपडा, डोको, फरुवा समेत पुरेको अवस्थामा बरामद भएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ