लोसपा नेता मिश्रले जन्मदिनको अवसरमा विद्यालयमा पंखा वितरण गर्ने

समाचार

काठमाडौं, २८ जेठ । जन्मदिनमा तडक–भडकका साथ मनाउने परम्परालाई तोड्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता मनिष मिश्रले उदाहरणीय कार्यको सुरुवात गरेका छन् ।

उनले विगत केही वर्षदेखि आफ्नो जन्मदिनको अवसरमा हुने खर्चलाई कटौती गर्दै समाजसेवामा लगाउँदै आएका छन् ।

यस वर्ष नेता मिश्रले आफ्नो जन्मदिनको अवसरमा सिलिङ् पंखा वितरण गर्ने घोषणा गरेका हुन् ।

उनले यसपटकको गर्मीलाई मध्यनजर गर्दै विधार्थीहरूलाई पठनपाठनका निम्ति कक्षाकोठामा चिसोपनाका लागि सर्लाहीको रामनगर गाउँपालिका–१ स्थित बच्चु महेश्वरी आधारभूत विद्यालयलाई पाँच थान सिलिङ पंखा वितरण गर्ने घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ