मोरङ, २८ जेठ । कटहरी गाउँपालिका–२ गोपाल फनपार्कस्थित सडकमा प्रदेश १–०२–००१ ख ८४३९ नम्बरको ट्रकको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ।
ईलाम तिल्केनी नगरपालिका–६ बस्ने २१ वर्षीय सुशिल पौडेलको आइतबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया