पर्सा, २८ जेठ । वीरगंज महानगरपालिका–१६ रजत जयन्ती चोकबाट नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।
नाइट्राभेट १ हजार २ सय ट्याब्लेटसहित सोही महानगरपालिका–३० बस्ने २१ वर्षीय ओहाव हुसैन अन्सारीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगंज बजारतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया