कपिलवस्तु, २९ जेठ । अवैध लागूऔषधसहित ब्राउनसुगरसहित जिल्लाको छुट्टाछुट्टै स्थानबाट तीन जना पक्राउ परेका छन् ।
बाणगंगा नगरपालिका–१ बैरिया बस्ने २९ वर्षीय अजय घिमिरेलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय १० मिलिग्रामसहित आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
घिमिरेको व्याट्री पसलमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले पसल तलास गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको छ ।
यसैगरी, मायादेवी गाउँपालिका–३ बर्गदवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ मिलिग्रामसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रूपन्देही सैनामैना नगरपालिका–८ भर्सा बस्ने २५ वर्षीय आकाश चौधरी र ३१ वर्षीय बुद्धि थारू रहेका छन् ।
ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले पकडीबाट बर्गदवा हुँदै रूपन्देहीतर्फ जाँदै गरेको लु.४२ प ५३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
थप अनुसन्धानको क्रममा उक्त पदार्थ कपिलवस्तु नगरपालिका–१० पचहेरा बस्ने २७ वर्षीय सुनिल कुमार लोनियाले दिएको भन्ने खुल्न आएपछि ईलाका प्रहरी कार्यालय पकडी र जिल्ला प्रहरी कार्यालय कपिवस्तुबाट खटिएको प्रहरीले सुनिल कुमार लोनियालाई उनकै घरमा फेला पारी तलासी गर्दा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम फेला पारी उनलाईसमेत पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया