करेन्ट लागेर कामदारको मृत्यु

समाचार

बाँके, २९ जेठ । कोहलपुर नगरपालिका–१४ पार्वतीपुरस्थित गणपती प्लाईउड फ्याक्ट्रीमा काम गर्ने सोही नगरपालिका–७ बस्ने ५५ वर्षीय हरीभजन थारुको करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ ।

मसाला बनाउने मिक्चर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि भेरी अस्पताल नेपालगंज बाँकेतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

अर्को घाइते सोही फ्याक्ट्रीमा काम गर्ने नेपालगंज उपमहानगरपालिक–८ बालेगाउ बस्ने २५ वर्षीय धनिराम खटिकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ